सुनको भाउ बढ्यो

70
  •  
  •  
  •  


काठमाडौं । सुनको भाउ बिहीबार पनि बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१० रुपैयाँ तोेकिएको थियो ।


  •  
  •  
  •