एकैदिन एक हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

73
  •  
  •  
  •  


काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन, मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । वैशाख लागेयता निरन्तर सुनको मूल्य उकालो लागेको थियो जुन मंगलबार मात्र ओरालो लागेको थियो ।

चाँदीको भाउ लगातार चार दिन एकै भाउमा कारोबार भएपनि बुधबार भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच हुँदैछ । वैशाख ३ गतेयता चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको थियो ।


  •  
  •  
  •