सुनको मूल्यमा गिरावट

65
  •  
  •  
  •  


काठमाडौं । सुनको मूल्यमा मंगलबार गिरावट आएको छ। छापावाल सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले कमी आएको हो।

आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


  •  
  •  
  •