बढ्यो सुनको मूल्य

92
  •  
  •  
  •  


काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्ष अर्थात २०७८ साल लागेदेखि नै सुनको मूल्य निरन्तर लागिरहेको छ। २०७७ को अन्तिम दिन अर्थात चैत ३१ गते ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बैशाख ५ गतेसम्ममा १ हजार २०० रुपैयाँ बढेको छ।

सुनको मूल्य बढेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


  •  
  •  
  •