बढ्यो सुनको भाउ

111
  •  
  •  
  •  


काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ।
छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेर १ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।


  •  
  •  
  •