
काठमाडौं । सुनको भाउ शुक्रबार फेरि घटेको छ । बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।