सुनको मूल्यमा गिरावट

90
  •  
  •  
  •  


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको भाउ ५ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू। ८८ हजार ८०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू.८९ हजार ३०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ७५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीवार प्रतितोला रू। एक हजार ३५५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला रू। एक हजार ३३५ खरीदविक्री भइरहेको छ ।


  •  
  •  
  •