काठमाडौं, ३० असार (ओएनएस) । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैया घटेको छ । नेपाल सुनचाँदी व्यबसायी संघले आजका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५४ हजार कायम गरेको छ ।
यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५३ हजार ७ सय ५० कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ४० कायम गरेको छ । असअघि हिजो छापावाल सुनको मुल्य ५४ हजार ४ सय, तेजावी ५४ हजार १ सय ५० र चादी ८ सय ५० रुपैया थियो ।