तोलामा ६ सय रुपैयाँले बढ्यो सुन

70
  •  
  •  
  •  


काठमाडौं । सुनको भाउ बिहीबार पनि तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •