सुनको भाउ एकैदिन ८ सयले घट्यो

50
  •  
  •  
  •  


काठमाडौं । सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो ।

हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको भाउमा घटबढ भइरहेको ले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ४५ रुपैयाँ छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।


  •  
  •  
  •