सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्याे

50
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ तोलमा ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय पुगेको छ । सोमबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •