सोमबार पनि घट्यो सुनको मूल्य

57
  •  
  •  
  •  


काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो दिन सुन एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो साताको बुधबारयता सुन चार हजार ५०० रुपैयाँले ओरालो लागेको छ ।

सुनसँगै चाँदीको भाउ पनि सोमबार गिरावट भएको छ । यसदिन चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार चाँदी तोलामा ६० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।


  •  
  •  
  •