काठमाडौं । सुनको भाउ बुधबार पनि वृद्धि भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबार ९५ हजार ९०० मा कारोवार भएको थियो । त्यस्तै चाँदीको बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। मंगलबार १३ सय ३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १३ सय ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।