
काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार सुनको भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।
चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।