सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढ्यो

350
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएकोमा बुधबार ९३ हजार ७ सय पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य एक हजार ३ सय ५ रुपैयाँ मूल्य निर्धारण भएको छ । जुन मंगलबार एक हजार ३ सय रुपैयाँ थियो ।


  •  
  •  
  •