प्रतितोला १ सयले बढ्यो सुनको मूल्य

327
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा १ सयले बढेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार भएको छ । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोवार भएको छ । बुधबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो ।


  •  
  •  
  •