काठमाडौं । मंगलबार सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ पनि मंगलबार ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार हुँदैछ । सोमबार चाँदीको भाउ वृद्धि भई प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।