सुनको भाउमा सामान्य गिरावट, प्रतितोला ९२ हजार ४ सय रुपैयाँ

458
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •