निरन्तर उकालो लाग्यो सुनको मूल्य

89
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी भने प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।


  •  
  •  
  •