काठमाडौं । सुनचाँदीको भाउ लगातार दोश्रो दिन पनि बढेको छ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार तोलामा ५०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले उकालो लागेको छ । चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।