घट्यो सुनचाँदीको मूल्य

110
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।


  •  
  •  
  •