तोलामा दुई सयले घट्यो सुनको भाउ

121
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य स्थिर रही प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी शुक्रबार चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ । यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।


  •  
  •  
  •