सुनचाँदीको भाउ स्थिर

87
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।


  •  
  •  
  •