एकैदिन १८ सयले घट्यो सुनको मूल्य

102
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला १८ सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार एकै दिन १८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यसमेत घटेको छ। सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ११ सय ८० रुपैयाँ तोकिएको छ ।


  •  
  •  
  •