तोलामा ३ सयले बढ्यो सुनकाे भाउ

57
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ आइतबार सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ पुगेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस अघिको सातामा सुनको मूल्यमा सामान्य उतार चढाव देखिएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै मूल्य अर्थात प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ ।


  •  
  •  
  •