प्रतितोला ७ सयले घट्यो सुनको मूल्य

60
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १२ सय १५ रुपैयाँ कायम भएको छ।


  •  
  •  
  •