घट्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर

52
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ बिहीबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •