सुनचाँदीको भाउमा सामान्य वृद्धि, सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ

62
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १०० रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा झरेको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि सामान्य रुपमा उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


  •  
  •  
  •