सुनको भाउ प्रतितोला ३४ सय रुपैयाँले घट्यो

66
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य मंगलबार एकै दिन प्रतितोला ३४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको भाउ तोलामा ९८ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदीको भाउ प्रतितोला १२८५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि घटेको हो।


  •  
  •  
  •