बढ्यो सुनको भाउ, प्रतितोला ९८ हजार २ सय पुग्यो

74
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९८ हजार २ सय रुपैयाँ पुगेको छ।

शुक्रबार एक हजार र हिजो पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँ बढेको हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


  •  
  •  
  •