बढ्यो सुनचाँदीको भाउ

51
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको थियो । अघिल्लो सातायता सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । कार्तिक १६ गते, आइतबार सुन प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आइतबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । यस अघिको सातामा सुनचाँदीको भाउ बढेको थियो । अघिल्लो आइतबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


  •  
  •  
  •