तोलामा १ हजारले बढ्यो सुनको भाउ

80
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ पुगेको हो ।

सुनको भाउ बिहीबार तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


  •  
  •  
  •