तोलामा एक सय रुपैयाँले घट्यो सुनको भाउ

60
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको छ ।

सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।


  •  
  •  
  •