बढ्यो सुनको मूल्य, प्रतितोला ९६ हजार ३ सय पुग्यो

61
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ९६ हजार ३ सय पुगेको छ ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


  •  
  •  
  •