बढ्यो सुनचाँदीको भाउ

41
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई दिन आइतबार र सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो । यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । यस दिन चाँदी पाँच रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।


  •  
  •  
  •