सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो

90
  •  
  •  
  •  

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ स्थिर रहेको छ। सोमबार छापावाला सुन आइतबारकै भाउ अर्थात प्रतितोला ९५ हजार रुपयाँमा कारोबार भएको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९५ हजार रूपैयाँ कायम भएको थियो।

सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


  •  
  •  
  •