सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो

101
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।


  •  
  •  
  •