घट्यो सुनचाँदीको भाउ

94
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको भाउ बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।


  •  
  •  
  •