तोलामा ८ सयले बढ्यो सुनको भाउ, प्रतितोला ९५ हजार ६०० पुग्यो

107
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको मूल्य आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ८०० ले बढेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।


  •  
  •  
  •