बढ्यो सुनचाँदीको भाउ

109
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •