सुनको मूल्य घट्यो, चाँदिको बढ्यो

100
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ बिहीबार ओरोलो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्य भने बिहीबार सामान्य वृद्धि भएको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।


  •  
  •  
  •