तोलामा ८ सयले घट्यो सुनको मूल्य

170
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


  •  
  •  
  •