तोलामा दुई सयले बढ्यो सुनको भाउ

115
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन ९४ हजार ३०० र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो। त्यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ १ हजार १७५ रुपैयाँ थियो।


  •  
  •  
  •