तोलामा दुई सय रुपैयाँले घट्यो सुनको भाउ

89
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ बढेर प्रतितोला एक हजार १९० रुपैयाँ पुगेको थियो।


  •  
  •  
  •