सुन तोलामा ९०० रुपैयाँले बढ्यो

83
  •  
  •  
  •  

काठमाडौं । सुन तथा चाँदीको भाउमा मंगलबार वृद्धि भएको छ। आज सुन तोलामा ९०० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ। यसदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ एक सातामा प्रतितोला ५५ रुपैयाँले घटेको हो।


  •  
  •  
  •