प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

89
  •  
  •  
  •  

काठमाडौं । सुन तथा चाँदीको मूल्य आइतबार घटेको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार, सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।


  •  
  •  
  •