सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

100
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ९७ हजार पुगेको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी आइतबार चाँदीको भाउ घटेर तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।


  •  
  •  
  •