बढ्यो सुनको भाउ

114
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँ तोकिएको थियो ।


  •  
  •  
  •