९ सय रुपैयाँले घट्यो सुनको भाउ

43
  •  
  •  
  •  

काठमाडौं । असोज महिनाको पहिलो दिन बिहीबार सुनको भाउ तोलाको ९ सय रुपैयाँले घटेको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here