सुनचाँदीको भाउ बढ्यो

70
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीको भाउ मंगलबार पनि बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि सुन तोलामा ४०० बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी मंगलबार चाँदी पनि तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


  •  
  •  
  •